images
images

भन्सार छलेर ल्याएको ८० वटा मोबाइलसहित एक जना पक्राउ


  • 857
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    भन्सार छलेर ल्याएको ८० वटा मोबाइलसहित एक जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनिको ८० थान मोबाइलसहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने रामेछाप लिखु गाउँपालिका–६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    न्यूरोड क्षेत्रमा राजश्व छलिका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा.१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो ।

    उनलाई आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।


    images
    images

    Logo