images
images

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 1.1K
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज १३ सय रुपैयाँ सुनको मुल्य घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सुनको मुल्य आइतबार ८ सय रुपैयाँ र सोमबार १ सय रुपैयाँले घटेको थियो ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo