images
images

कक्षा १२ को परीक्षा वैशाख पहिलो सातादेखि हुने, यस्तो छ वार्षिक कार्यतालिका


  • 699
    SHARES
  • २०८० आश्विन १६ गते मंगलबार

    कक्षा १२ को परीक्षा वैशाख पहिलो सातादेखि हुने, यस्तो छ वार्षिक कार्यतालिका

    काठमाडौं । यस वर्ष कक्षा १२ को वार्षिक परीक्षा वैशाखको पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार वैशाख पहिलो सातादेखि परीक्षा हुने भएको हो । 

    परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने बोर्डको कार्यतालिका छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

    कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो सातासम्ममा सम्पन्न गर्नुपर्ने छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ । 

    कक्षा १२ को परीक्षा फाराम भने पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने बोर्डको कार्यतालिकामा उल्लेख छ ।

    routine 1.JPG

    Routine 2.JPG

    routine 3.JPG


    images
    images

    Logo