काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सन्तोषजनक काम नगरेको भन्दै प्रधानमन्त्री कार्यालय मातहतको उक्त कार्यालयले मंगलबार सूचना जारी गर्दै कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गरेको हो ।
विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।


