images
images

सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, टेलिकमका एमडी पनि तानिए 


  • 511
    SHARES
  • २०८० आश्विन १५ गते सोमबार

    सचिव मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, टेलिकमका एमडी पनि तानिए 

    काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित ९ जना उच्च कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा भएको अनियमितताको सम्बन्धमा अर्थ मन्त्रालय बजेट महाशाखाका तात्कालिन प्रमुख मरासिनीसहित ती कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा चलाएको हो । 

    यसरी आरोपपत्र दायर हुनेहरुमा केन्द्रका तत्कालीन अध्यक्ष संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, तात्कालिन उपनिर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, हालका उपनिर्देशक सफल श्रेष्ठ, तात्कालिन साहायक निर्देशक रमेश पोखरेल लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा, इञ्जिनियर रामशरण गायक छन् । 

    उनीहरुको मिलेमतो तथा योजनामा नीति तथा कार्यक्रममा समावेश नभएको तथा केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा मन्त्रालयको प्रणालीमा प्रविष्ट नै नभएको विषयलाई रातो कितावमा समावेश गरेर बजेट सिलिङभन्दा २५ करोड रुपैयाँ बढी बिनियोजन गराएको अख्तियारको दाबी छ । 

    उनीहरु विरुद्ध २३ करोड २७ लाख विगो तथा जरिवाना मागदाबी गरिएको छ । 


    images
    images

    Logo