images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 849
    SHARES
  • २०८० आश्विन १५ गते सोमबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सुनको मुल्य आइतबार पनि ८ सय रुपैयाँले घटेको थियो ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कायम भएको छ भने चाँदी मुल्य प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo