images
images

एभरेष्ट र एनआईशी एशिया बैंकमा आजसम्म कायम शेयरधनीले लाभांश पाउने


  • 812
    SHARES
  • २०८० आश्विन १५ गते सोमबार

    एभरेष्ट र एनआईशी एशिया बैंकमा आजसम्म कायम शेयरधनीले लाभांश पाउने

    काठमाडौं । एनआईसी एशिया बैंक र एभरेष्ट बैंकमा आजसम्म कायम रहेको शेयरधनीले लाभांश पाउने भएका छन् । दुबै बैंकले मंगलबारका लागि बुक क्लोजको मिति तय गरेका हुन् । 

    यस अनुसार सोमबारसम्म दोस्रो बजारमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

    एनआईसी एशियाले असोज २८ गते बिहान ९ बजे आर्मी अफिसर्स क्लबमा र एभरेष्टले असोज ३० गते ११ बजे लैनचौर ब्याङ्कवेटमा साधारण सभा बोलाएको छ। 

    एनआईसीले २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश तथा एभरेष्टले १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्नेछ। 


    images
    images

    Logo