images
images

राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त


  • 583
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    राष्ट्रपति पौडेलबाट गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन् । 

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आज उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


    images
    images

    Logo