images
images

सोल्टी होटलको शेयर बेचेर जहाज किन्न वायुसेवा निगमलाई सुझाव


  • 1.6K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    सोल्टी होटलको शेयर बेचेर जहाज किन्न वायुसेवा निगमलाई सुझाव

    काठमाडौं । नेपाल वायुसेवा निगममा सुधारका लागि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा बनेको सुझाव समितिले १९० पेजको प्रतिवेदन बुझाएको छ । नेपाल वायुसेवा निगम सुधारका लागि पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको सुझाव समितिले आइतबार उक्त प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बुझाएको हो । 

    उक्त समितिमा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टीकाराम राई र साहारा नेउपाने सदस्य रहेका थिए । समितिले बुझाएको उक्त प्रतिवेदनमा एयरलाइन्सको व्यापार विस्ताका लागि जहाज खरिद गर्नैपर्ने अवस्था रहेको तर त्यसका लागि वित्तीय स्रोतको संकट रहेको समितिले औँल्याएको छ । स्रोतको जोहो गर्न सोल्टी होटलमा रहेको सेयर बिक्री गरेर जहाज किन्न सुझाव दिइएको छ । 

    निगमको सोल्टी होटल लिमिटेडको शेयर कित्ता स्वामित्त्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ छ । २०८० भदौ १९ मा उक्त शेयरको बजार मूल्य प्रति कित्ता ४४३ रुपैयाँ भएको देखिन्छ । कुल बजार मूल्य ४ अर्ब ५७ करोड ७८ लाख २८ हजार ६५ रुपैयाँ पुगेको देखिन्छ । सोल्टी होटल लिमिटेडको उक्त शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग गर्न सकिने प्रतिवेदनमा जनाइएको छ ।

    अर्कोतर्फ निगमले बजारबाट २ अर्ब १९ करोड रुपैयाँ उठाउनु पर्ने अवस्थामा देखिएको समेत समितिले जनाएको छ । सो रकम नउठ्दा यसको प्रत्यक्ष प्रतिकूल असर नगद प्रवाहमा परेको भन्दै समितिले यो रकम उठेमा समेत नयाँ जहाज किन्नमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

    निगम वर्तमान अवस्थामा पूँजीको अभाव, ऋण र जहाज अभावको चर्को दबाबमा रहेको भन्दै सरकारको पूर्ण स्वामित्वमा रहेका कारण सरकारले आवश्यक पूँजी थप गरी आवश्यक मात्रामा जहाज किन्न समेत समितिले भनेको छ । निगमसँग अहिले ४८ अर्ब ३ करोड ऋण रहेको छ ।


    images
    images

    Logo