काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एनप्याब्सनमा नेतृत्व हस्तान्तरण भएको छ । आइतबार पाण्डव हमालले सुवास न्यौपानेलाई अध्यक्षको पद हस्तान्तरण गरेका हुन् ।
२०७८ फागुन २४ गते नेपालगन्जमा भएको एनप्याब्सनको सातौं महाधिवेशनले आलोपालो अध्यक्षता गर्ने सहमति गरेको थियो । सोही सहमति अनुसार न्यौपानेलाई बाँकी कार्यकालको लागि पदवहाली गरिएको हो ।