काठमाडौं । दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट आज ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि गएको बुधवार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । सोही घटनाको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो ।
योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।