images
images

पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित ३ जनाविरुद्ध मुद्दा दायर


  • 783
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकालसहित ३ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव सचिव प्रदीपकुमार ढकालसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । 

    अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।







    images
    images

    Logo