images
images

१८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 1.0K
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    १८ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५ करोडको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको हो ।

    त्यस्तै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको कात्तिक १४ गते परिपक्क हुनेछ भने ९१ दिनको पुस १७ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको चैत २० गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।  


    images
    images

    Logo