images
images

पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन


  • 670
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको छ । प्रधानमन्त्री  दाहालले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सरकारले शनिबार बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनर्विचार गर्दै यस्तो निर्णय गरेको हो ।

    पेट्रोलियम पदार्थ र ग्यासको मूल्य शनिबार सरकारले अस्वभाविक रुपमा वृद्धि गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

    नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। चार्डपर्वको मुखमा मुल्य वृद्धि भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

    शनिबार निगमले खाना पकाउने एलपीजी ग्याँसको मूल्य २ सय १५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र पेट्रोल लिटरमा २ रुपैयाँले बढाएको थियो ।


    images
    images

    Logo