काठमाडौं । एकै हप्तामा सुनको मूल्य ४२ सय रुपैयाँले घटेको छ । असोज ७ गते, आइतबार १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १४ गतेसम्ममा घटेर १ लाख ८ हजार रुपैयाँ पुगेको छ ।
सोमबार सुनको मूल्य स्थिर रहेको थियो । जुन मंगलबार ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै, बुधबार, बिहीबार र शुक्रबार सुनको मूल्य क्रमशः ८ सय रुपैयाँ, १४ सय रुपैयाँ र ८ सय रुपैयाँले घटेर क्रमशः १ लाख ११ हजार रुपैयाँ, १ लाख ९ हजार ६ सय रुपैयाँ र १ लाख ८ हजार ८ सय रुपैयाँ पुगेको थियो । उक्त क्रमलाई निरन्तरता दिँदै आज पनि सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



