images
images

नेपालद्वारा माल्दिभ्स १३८ रनले पराजित, क्वार्टरफाइनलमा प्रवेश


  • 887
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    नेपालद्वारा माल्दिभ्स १३८ रनले पराजित, क्वार्टरफाइनलमा प्रवेश

    काठमाडौं । नेपालले मादिभ्सलाई १३८ रनले हराएको छ । १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई ७४ रनमा सीमित गरेको हो । यसअघि नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो । 

    नेपालले दिएको लक्ष्य पच्छ्याउने क्रममा माल्दिभ्सले १९.२ ओभर खेल्दा सबै विकेट गुमाएको हो । नेपालका लागि अभिनास बोहोराले ६ विकेट लिए । उनले ३.४ ओभर बलिङ गर्दा ११ रन मात्रै खर्चिए । 

    यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले अविजित ४७ र कुशल भुर्तेलले ३५ रन बनाएका थिए । 

    ६७ रनमा ४ विकेट गुमाएको अवस्थामा नेपाललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेका थिए । मल्लले २० बलमा २ छक्का र ३ चौका प्रहार गरे । रोहितले २७ बलमा ३ छक्का र ३ चौका हिर्काए । गुल्सनले २१ बलमा तीन छक्का र १ चौका प्रहार गरे ।

    पहिलो बलमा छक्का प्रहार गरेका दीपेन्द्रसिंह ऐरी दोस्रो बलमा आउट भएका थिए ।


    images
    images

    Logo