images
images

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क


  • 566
    SHARES
  • २०८० आश्विन १४ गते आइतबार

    कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क

    उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन् । तर उनीहरू एजेन्टबाट ठगिने गर्छन् । 

    उपत्यकामा कोठा भाडामा पाउन त्यति सहज छैन । एजेन्टकै कारण अचेल कोठा खोज्न घरघरमा जानु पर्दैन । कम्पनी र व्यक्तिले नै चाहिएका स्थान र मूल्यका कोठा खोजिदिन्छन् । खाली कोठा देखाएबापत कोठा खोजिदिने कम्पनीले ग्राहकसँग एक हजार रुपैयाँ असुल्ने गरेका छन् । कम्पनीले सो काम स्थानीय दलाललाई सुम्पिन्छन् । 

    दलालले थप रकम असुल्ने गरेका छन् । दलालले लिने गरेको शुल्कको बिल दिने चलन हुँदैन । पाल्पा रैनादेवी गाउँपालिकाका रामजी शाहीले बसुन्धारा, गोंगबु र चव्रmपथ क्षेत्रमा एउटा कोठा खोज्न बिचौलियालाई पहिले तीन हजार रुपैयाँ दिएको बताउँदै भने, “एक महिना खोज्दा पनि कोठा नपाएपछि फेसबुकमा आएको नम्बरमा कोठा भाडा मिलाइदिने अफिसमा सम्पर्क गरेँ । त्यसपछि हेरेको कोठा ठिकैका रहेछन् । पहिलाको अफिसलाई हजार रुपैयाँ दिनुपर्ने रहेछ । त्यसपछि कोठा देखाउने दलाललाई दुई हजार दिएपछि बल्ल कोठा पाइयो ।”

    तीनकुने सुविधानगरस्थित होम रेन्टल सर्भिसका प्रमुख कमला थापाले प्रतिकोठाको एक हजार पाँच सय रुपैयाँ लिने गरेको बताउँदै भनिन्, “दैनिक २० देखि २५ जनासम्म कोठा मिलाइदिनुप¥यो भनेर आउँछन् । घरधनी पनि कोठा भाडामा लगाइदिनु प¥यो भनेर भन्न आउँछन् ।" 

    रजिस्ट्रेसन शुल्क लिएपछि कोठा नपाउँदासम्म वा एक महिनासम्म काम गरिदिन्छौँ ।” कोठाभाडा लिने र दिनेलाई सुविधा भएको घरधनीको दाबी छ । टोखा ग्रिनल्यान्डका एक घरधनीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एजेन्टलाई जिम्मा दिँदा घरभाडा दिन सजिलो भएको तर्क गरे ।




    images
    images

    Logo