images
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा एकैपटक २१५ रुपैयाँ


  • 501
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा एकैपटक २१५ रुपैयाँ

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६/६ रुपैयाँ र खाना पकाउने ग्यासमा २१५ रुपैयाँले बढाएको हो । 

    इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाएको हो। आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै अहिले  पेट्रोल लिटरको १ सय ८५ तथा डिजेलर मट्टीतेल १ सय ७९ रुपैयाँ पुगेको छ भने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । 

    पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

     

    Nepal-oil-corporation.jpg

     

     

     


    images
    images

    Logo