images
images

समस्यामा रहेका सहकारीको उपचार गदैं अनुगमन गर्छौ : नगरप्रमुख खत्री 


  • 1.1K
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    समस्यामा रहेका सहकारीको उपचार गदैं अनुगमन गर्छौ : नगरप्रमुख खत्री 

    भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले यो वर्षको कात्तिक महिनासम्ममा नगरभित्र कार्यक्षेत्र रहेका सहकारीहरुको अनुगमन गरिने बताएका छन् । झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औैं वार्षिक साधारण सभालाई शनिबार खरिपाटीमा उद्घाटन गर्दै नगरप्रमुख खत्रीले भनेका सहकारीहरुले सर्वसाधरणको बचत सुरक्षित हुने काम गरेका छन् कि छैनन् हेर्दै छौं । 

    आफु निर्वाचित भएर आएपछि प्रक्रियामा रहेको नगरस्तरीय सहकारी संजाललाई सहकारी क्षेत्रका अनुभवी प्रह्लाद बास्तोलाको नेतृत्वमा सक्रिय गराएर अनुगमन गरिएको उनको भनाई छ । राज्यको नियम अनुसार सहकारीको अनुगमन गर्ने जिम्मा स्थानिय सरकारको भागमा रहेकाले त्यसै अनुसार हालसम्म करिब ९ वटा सहकारीको अवस्था के कस्तो छ भनेर अनुगमन गरिएको नगरप्रमुख खत्रीले जानकारी दिए । 

    ऋण र बचतमा भन्दापनि अब सहकारीहरु उत्पादनको क्षेत्रमा लागेर आफ्नो ठाउँलाई आत्मनिर्भर बनाउनु लाग्नु पर्ने उनको भनाई छ । ‘बचत कर्ताको बचत फिर्ता दिन नसक्ने, संचालक भाग्ने रोग भएका संस्थाहरुको नगरपालिका अगुगमन गरेर उपचार गर्न लागिरहेको छ,’ नगरप्रमुख खत्रीले भने। कार्यक्रममा वडा नं.३ का वडा श्याम सुन्दर धिमाल, नेस्कुनकी मन्दरा मिश्र, झझल्को सहकारीका प्रदिप के.सीलगायतले सहकारीको माध्यमबाट समाजमा आर्थिक र सामाजिक विकाश गर्न सबै एकजुट हुनुपर्ने बताए । 

    bhatapur.jpg१६औं साधारण सभा सम्पन्न

    झझल्को बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार श्रीकृष्ण उच्च मा।वि को प्रांङगणमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले साधारण सभाको उद्घाटन गर्नुभएको हो । चाँगुनारायण नगरपालिकाको वडा नं. ३,४,५,६,७,८ र ९ हाललाई कार्यक्षेत्र भएको सहकारीले यो १६ औं साधारण सभाबाट १ र २ नं.वडालाई समेटेर नगरक्षेत्रभरि कार्यरत बनाउने तयारी गरेको सचिब सुरज बाँस्तोलाले जानकारी दिएका छन् । 

    भक्तपुर उत्तरी पूवी भेगमा रहेको यो सहकारी जिल्लाकै एक उकृष्ट संस्थाको रुपमा स्थापित रहेको छ । सहकारीमा हालसम्म ३ हजार ४ सय ४१ जना शेयर सदस्यहरु रहेका छन् । कोषाध्यक्ष गोविन्द लामिछानेका अनुसार शेयर पुँजी २ करोड ७५ लाख, ५१ हजार ९ सय रहेको छ । निक्षेप रकम ३० करोड रुपैयाँ, २ लाख, २५ हजार ९ सय ३५ रुपैयाँ रहेको छ । 

    संस्थाका अध्यक्ष मनोज गिरीले सरकारले लिएको तीन खम्बे अर्थनीति अनुसार एक खम्बाको रुपमा सहकारी रहेकाले यसलाई व्यवस्थित बनाउन संचालक समिति सधै सक्रिय रहेको बताए । गिरीले सामाजिक कार्यलाई अगाडी बनाउने अभियान अनुसार यो वर्ष दुई स्थानमा यात्रु प्रतिक्षालय स्थापना गरिएको समेत जानकारी दिए।


    images
    images

    Logo