images
images

३१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई ४५ हजार जरिवाना


  • 814
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    ३१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ४ पसललाई ४५ हजार जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार ३१ फर्ममाथि अनुगमन गरेको छ । शुक्रबार बजार अनुगमनको क्रममा विभागले विभिन्न स्थानमा रहेको खाद्य बस्तु पसललाई कारवाही गरेको हो । 

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजकका साथै खरिद बिल बिजक नराखेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो । जसमा ४ पसललाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    शुक्रबार ३१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ४ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागको टोलीले न्यूनतम ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म जरिवाना गरेको हो । चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।

     

     

     


    images
    images

    Logo