images
images

एसईई चैत पहिलो सातादेखि हुने, यस्तो छ वार्षिक कार्यतालिका


  • 1.1K
    SHARES
  • २०८० आश्विन १३ गते शनिबार

    एसईई चैत पहिलो सातादेखि हुने, यस्तो छ वार्षिक कार्यतालिका

    काठमाडौं  । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो सातादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका अनुसार चैत पहिलो सातादेखि परीक्षा हुने भएको हो । 

    चैत पहिलो सातादेखि परीक्षा गरेर असारको दोस्रो हप्ता नतिजा प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फारम छपाई र वितरण कात्तिक मसान्तसम्ममा गरिनेछ । जुन बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले गर्नेछ ।आन्तरिक प्राप्ताङ्क इन्ट्री र रुजु चैत मसान्तमा गर्ने र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण जेठ भित्र सञ्चालन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ । 

    त्यस्तै कक्षा ९ को रजिष्ट्रेशन र कक्षा १० को परीक्षा आवेदन फाराम मंसिर मसान्तसम्म भराउनेछ । त्यो शिक्षा विकास तथा समन्वय इकाईमार्फत हुनेछ ।त्यस्तै माघ पहिलो साता परीक्षाको समय तालिका प्रकाशन र परीक्षा केन्द्र निर्धारण गर्ने कार्यतालिका छ । २०८१ को साउन तेस्रो साता पूरक परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ ।

     

    NEB .jpg

    NEB 1.jpg

     


    images
    images

    Logo