images
images

मालपोतका सुब्बा र खरिदार घुससहित पक्राउ


  • 940
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    मालपोतका सुब्बा र खरिदार घुससहित पक्राउ

    काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरिएको छ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले नायब सुब्बा कटुवाल र खरिदार अधिकारीलाई साे रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । 

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार अभियुक्तद्वयलाई पक्राउ गरी छानबिन भइरहेको छ । उनीहरूलाई सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको हो । 


    images
    images

    Logo