images
images

अरनिको यातायातको बसपार्क नभत्काउन बालेनलाई अदालतकोे आदेश


  • 1.9K
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    अरनिको यातायातको बसपार्क नभत्काउन बालेनलाई अदालतकोे आदेश

    काठमाडौं । पूर्व अरनिको यातायात प्रा.लिको जडिबुटीमा रहेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

    महानगरलाई विपक्षी बनाएर पूर्व अरनिको यातायात  प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एउटा महानगरमा २ वटा बसपार्क नचाहिने भन्दै भत्काउने चेतावनी दिएका थिए ।

    अब तत्कालका लागि बसपार्क भत्काउन वा त्यहाँ रहेका संरचनामा कुनै क्षति पुर्‍याउन नमिल्ने भएको छ ।

    ‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरूको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरूलाई तोडफोड गर्ने तथा भत्काउने कार्यान्वयन नगर्नू, नगराउनू’ आदेशमा भनिएको छ ।

    साथै निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै कारण भए बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि महानगरलाई आदेश दिइएको छ ।

    अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न असोज  २० गते दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।

     


    images
    images

    Logo