images
images

सहकारीको साढे २ करोडभन्दा बढी रकम हिनामिना गर्ने प्रबन्धक पक्राउ


  • 944
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    सहकारीको साढे २ करोडभन्दा बढी रकम हिनामिना गर्ने प्रबन्धक पक्राउ

    तनहुँ । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । 

    उनले बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए । 

    उक्त सहकारी संस्थाको २ करोड ६९ लाख ७१ हजार ९ सय ६६ रुपैयाँ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

    रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo