images
images

३३ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ९ पसललाई ८५ हजार जरिवाना


  • 539
    SHARES
  • २०८० आश्विन १२ गते शुक्रबार

    ३३ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ९ पसललाई ८५ हजार जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले विहीबार ३३ फर्ममाथि अनुगमन गरेको छ । विहीबार बजार अनुगमनको क्रममा विभागले तरकारी तथा फलफूल पसल, किराना पसल, माछा मासु, खाद्य वस्तू र अन्य पसललाई  कारबाही गरेको हो ।

    विभागको संयुक्त अनुगमन टोलीले बिल बिजकका साथै खरिद बिल बिजक नराखेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो । जसमा ९ पसललाई ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

    बिहीबार ३३ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ९ व्यापारिक प्रतिष्ठानलाई जरिवानाको दायरामा ल्याइएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।

    विभागको टोलीले न्यूनतम ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म जरिवाना गरेको हो । चाडवाड नजिकिँदै गएपछि विभागले विशेष संयुक्त अनुगमन टोली परिचालन गरेको छ ।नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।


    images
    images

    Logo