काठमाडौं । विश्व वरियतामा त्रिभुवन विश्वविद्यालयको स्थिति पहिलेभन्दा तल झरेको छ । टाइम्स हाइएर एजुकेसनले सार्वजनिक गरेको यस बर्षको विश्वविद्यालयको वरियतामा त्रिभुवन विश्वविद्यालयको स्तर खस्किएर १५०० औं स्थानमा पुगेको छ । अघिल्लो बर्ष त्रिभुवन विश्वविद्यालय उत्कृष्ट १००० विश्वविद्यालयमा परेको थियो ।
टाइम्स हाइयर एजुकेशनले ‘वर्ल्ड यूनिभर्सिटी र्याङ्किङ २०२४’ सार्वजनिक गरेको छ । उक्त र्याङ्किङमा नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय – त्रिभुवन विश्वविद्यालय विश्व वरियतामा १२०१–१५०० मा परेको छ । एशियाका विश्वविद्यालयहरुको र्याङ्किङमा भने त्रिभुवन विश्वविद्यालय २५१–३०० को बिचमा परेको छ । त्रिभुवन विश्वविद्यालय बाहेका अरु विश्वविद्यालय भने र्याङ्किङमा नै परेका छैनन् ।
र्याङ्किङमा पहिलो स्थानमा बेलायतस्थित यूनिभर्सिटी अफ अक्स्फोर्ड रहेको छ । दोस्रो, तेस्रो र चौथो स्थानमा अमेरिकाका विश्वविद्यालयहरु क्रमशः स्ट्याण्डफर्ड, म्यासाच्युसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) र हार्भड विश्वविद्यालय परेका छन् । त्यस्तै, पाचौं स्थानमा बेलायतको यूनिभर्सिटी अफ क्याम्ब्रिज पुगेको छ ।



