भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै महिनामा २८ जनाको मृगौला प्रत्यारोपण भएको छ । केन्द्रले स्थापनाको ११ वर्षमा पहिलो पटक भदौ महिनामा २८ जनाको मृगौला प्रत्यारोपण गरेको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा। पुकार चन्द्र श्रेष्ठका अनुसार, एक महिनामा ३० वटा मृगौला प्रत्यारोपण गर्ने लक्ष्य लिएकोमा २८ वटाको सफल प्रत्यारोपण गरिएको हो । केन्द्रले स्थापनाको ११ वर्ष अवधिमा १ हजार १ सय २७ जनाको मृगौला र १३ जनाको कलेजो प्रत्यारोपण गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
भदौ महिनामा २७ जनाको मृर्गौला र १ जनाको कलेजो प्रत्यारोपण सफलता पुर्वक सम्पन्न गरिएको केन्द्रका कार्यकारी निर्देशक एवं मृर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले बताए ।
केन्द्रले नेपालमै पहिलो पटक डा. पुुकार चन्द्र श्रेष्ठको नेतृत्वमा २०७३ मंशीर २२ गते कलेजो प्रत्यारोपण र २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यू भएका व्यक्तिको मृर्गौला प्रत्यारोपण गरेको थियो । केन्द्रमा हाल सम्म पाँच जना मष्तिष्क मृत्यू भएका व्यक्तिबाट १० जनाको मृर्गौला र ३ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नहुंदा यति धेरै कलेजो र मृर्गौला प्रत्यारोपण गर्नका साथै अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार गर्दै आएको छ ।
त्यसका अलवा केन्द्रले मुलुकभर प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न थालेको छ । त्यसै क्रममा गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेशको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको छ ।



