काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबारबाट लगातार घटेको सुनको मूल्यले आज पनि निरन्तर दिएको हो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३० सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।