images
images

कच्चा तेल १०० डलर नजिक पुग्याे, नेपालमा पनि बढ्दै 


  • 1.5K
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    कच्चा तेल १०० डलर नजिक पुग्याे, नेपालमा पनि बढ्दै 

    काठमाडाैं । कच्चा तेलको मूल्यमा भएको आक्रामक मुल्य वृद्धि रोकिने संकेत देखिएको छैन । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.२६ र डब्ल्युटीआई कच्चा तेलको मूल्य प्रति ब्यारेल ९४.४८ डलर छ। 

    पछिल्लो केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको छ । तर आज असाेज ११ गते त्यसमा कीर्तिमानी वृद्धि भएको छ । ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९७ डलर नाघेको छ । 

    नेपाल आयल निगमले प्रत्येक १५ दिनमा पेट्राेलियम पदार्थकाे मुल्य समायाेजन गर्दै आएकाे छ । जसअनुसार आगामी आइतबार मुल्य समायाेजन हुनेछ । नेपाललाई भारतिय आयल कर्पाेरेसनले पठाएकाे मुल्य अनुसार नेपालमा नयाँ मुल्य तय हुन्छ । 

    अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्दा नेपालमा पनि मुल्य बढ्ने गर्छ । 


    images
    images

    Logo