images
images

भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ?


  • 608
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    भदौसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति बीमाशुल्क आर्जन गरे ?

    काठमाडौं । भदौ महिनासम्ममा ७ प्रदेशबाट निर्जीवन बीमा कम्पनीहरुले कुल ७ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशबाट सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जि तथा ठे।जो, विविध, कृषि तथा बाली, लघु निर्जीवन व्यवसायबाट सो रकम संकलन गरेको हो ।

    कुन प्रदेशबाट कति ?

    कोशी प्रदेश

    बीमा कम्पनीहरुले कोशी प्रदेशबाट सम्पतिमा २५ करोड ६१ लाख, सामुन्द्रिक बीमाबाट ४ करोड ६५ लाख, मोटरबाट १८ करोड ३९ लाख, इन्जि तथा ठे.जो माबाट ३ करोड ३९ लाख, विविधबाट २ करोड ५ लाख, कृषि तथा बालीबाट ३ करोड ९९ लाख र लघुबाट ५ लाख रुपैयाँ लगाएर कुल ५८ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    मधेश प्रदेश 

    बीमा कम्पनीहरुले मधेश प्रदेश बाट सम्पतिमा १७ करोड ६० लाख, सामुन्द्रिक बीमाबाट ३ करोड २ लाख, मोटरबाट १४ करोड ४९ लाख, इन्जि तथा ठे.जो माबाट ४ करोड ७९ लाख, विविधबाट २ करोड १५ लाख, कृषि तथा बालीबाट ५ करोड ३० लाख र लघुबाट ९४ लाख रुपैयाँ लगाएर कुल ४७ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    बाग्मती प्रदेश

    बीमा कम्पनीहरुले बाग्मती प्रदेश बाट सम्पतिमा १ अर्ब १२ करोड, सामुन्द्रिक बीमाबाट ३७ करोड ३१ लाख, हवाईबाट ४९ करोड ३० लाख, मोटरबाट १ अर्ब १३ करोड , इन्जि तथा ठे.जो माबाट ७५ करोड २६ लाख, विविधबाट ८३ करोड ३ लाख, कृषि तथा बालीबाट १५ करोड ६८ लाख र लघुबाट २० लाख रुपैयाँ लगाएर कुल ४ अर्ब ६८ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    गण्डकी प्रदेश 

    बीमा कम्पनीहरुले गण्डकी प्रदेश बाट सम्पतिमा ८ करोड ८९ लाख, सामुन्द्रिक बीमाबाट २३ लाख, हवाईबाट ६ लाख, मोटरबाट १८ करोड ५७ लाख, इन्जि तथा ठे.जो माबाट १ करोड ६६ लाख, विविधबाट ३ करोड ८८ लाख, कृषि तथा बालीबाट ३ करोड ६८ लाख र लघुबाट ९ लाख रुपैयाँ लगाएर कुल ३७ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    लुम्बिनी प्रदेश

    बीमा कम्पनीहरुले लुम्बिनी प्रदेश बाट सम्पतिमा १८ करोड ९४ लाख, सामुन्द्रिक बीमाबाट २ करोड ६ लाख, मोटरबाट २५ करोड २३ लाख, इन्जि तथा ठे.जो माबाट ४ करोड ४६ लाख, विविधबाट २ करोड ६८ लाख, कृषि तथा बालीबाट ५ करोड ३७ लाख र लघुबाट ६ लाख रुपैयाँ लगाएर कुल ६० करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    कर्णाली प्रदेश

    बीमा कम्पनीहरुले कर्णाली प्रदेश बाट सम्पतिमा १ करोड ५३ लाख, सामुन्द्रिक बीमाबाट १ लाख, मोटरबाट २ करोड ५१ लाख, इन्जि तथा ठे.जो माबाट ४६ लाख, विविधबाट २२ लाख, कृषि तथा बालीबाट ४२ लाख र लघुबाट १ लाख रुपैयाँ लगाएर कुल ५ करोड १९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    सुदुरपश्चिम प्रदेश

    बीमा कम्पनीहरुले सुदुरपश्चिम प्रदेश बाट सम्पतिमा ३ करोड ९९ लाख, सामुन्द्रिक बीमाबाट १३ लाख, मोटरबाट ७ करोड २६ लाख, इन्जि तथा ठे.जो माबाट १ करोड ४१ लाख, विविधबाट ६८ लाख, कृषि तथा बालीबाट ९९ लाख र लघुबाट २ लाख रुपैयाँ लगाएर कुल १४ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

    non life insurance.JPG

     

     

     

     


    images
    images

    Logo