काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले बुधबार ३३ फर्ममाथि अनुगमन गरेको छ । बुधबार बजार अनुगमनको क्रममा विभागले किराना पसल, खाद्य वस्तु पसल, रेडिमेड तथा थान कपडा पसल, एग्रोभेट तथा बिउ बिजन भण्डार र अन्य पसललाई कारबाही गरेको हो ।
जसमा उनीहरुले खरिद बिजविजक नराख्ने र गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गर्नेलाई विभागले कारबाही गरेको हो । जसमा ११ वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।
विभागले पनौतीमा रहेको किराना पसललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ भने पनौतीमा रहेको एग्रोभेट तथा बिउ बिजन भण्डारलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, विभागले पनौतीमा रहेको किराना पसल २० हजार रुपैयाँ नगद जरिवाना गरेको छ ।
त्यस्तै, विभागले ज्ञानेश्वरमा रहेको खाद्य वस्तु पसललाई १० हजार र अन्य बाँकी रहेका ६ पसललाई ५/५ हजार रुपैयाँको दरले जरिवाना गरेको छ भने एउटा रेडिमेड तथा थान कपडा पसललाई २ हजार रुपैयाँ जरिवाना गरेको छ ।
नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । मुख्य चाडपर्व सुरु भएसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ ।



