काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । विहीबार छापावाला सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।