images
images

पशुपति सेभिङका पीडितलाई मागदाबी गर्न आह्वान, अनलाइनबाटै यसरी गर्न सकिन्छ आवेदन


  • 867
    SHARES
  • २०८० आश्विन ११ गते बिहीबार

    पशुपति सेभिङका पीडितलाई मागदाबी गर्न आह्वान, अनलाइनबाटै यसरी गर्न सकिन्छ आवेदन

    काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको बचतकताले भुक्तानी लिन अनलाइन मागदाबी पेश गर्न सक्ने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले असोज ११ गते सूचना प्रकाशित गर्दै उक्त सहकारीबाट लिनुपर्ने भुक्तानी लिनका लागि आह्वान गरेको हो । 

    भुक्तानी लिनका लागि उक्त सहकारीका सदस्य वचतकर्ता र साहुहरुले आफूले पाउनुपर्ने रकमको सप्रमाणसहित सहकारी व्यवस्थापन समितिको वेबसाइट www.coopmc.gov.np मा आजको ३५ दिनसम्ममा विवरण पठाउन अनुरोध गरिएको छ । 

    सहकारी विभागले साउन १ गते उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । 


    images
    images

    Logo