काठमाडौं । निर्जीवन बीमा कम्पनीलेभदौ महिनासम्ममा ७ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले ४ लाख ८ हजार ९ सय ७३ वटा बीमालेख जारी गरी ७ अर्ब ८ करोड ४८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ९१ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७३ करोड ४१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने शिखर इन्स्योरेन्सले ६६ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ५२ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले २६ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।



