images
images

‘सी’ ग्रेडबाट ‘बी माइनस’ मा उक्लिए गभर्नर महाप्रसाद अधिकारी, यस्तो छ अन्य देशका गभर्नरको स्थिति


  • 962
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    ‘सी’ ग्रेडबाट ‘बी माइनस’ मा उक्लिए गभर्नर महाप्रसाद अधिकारी, यस्तो छ अन्य देशका गभर्नरको स्थिति

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘बी माइनस’ रेटिङ पाएका छन् । अमेरिकाबाट प्रकाशित हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा गभर्नर अधिकारीको कार्यक्षमतामा सुधार आएको भन्दै ‘बी माइनस’ ग्रेड दिएको हो । २०२२ मा अधिकारीले ‘सी’ ग्रेड पाएका थिए । 

    पछिल्लो समय नेपालमा उनको कार्यक्षमता माथि प्रश्न उठाउँदै उद्योगी व्यवसायी एवं सेयर लगानीकर्ताले उनीमाथि गालीगलौज गरेपनि अर्थतन्त्रको सुचक मापनमा आन्तरिक रुपमा उनले अर्थतन्त्र सुधारको काम गरेको भन्दै मूल्यांकनमा उनको ग्रेड वृद्धि भएको हो । गभर्नर अधिकारीले सन् २०२३ को पहिलो ८ महिनामा देशका प्रमुख वित्तीय सूचकहरु ‘सही बाटोमा’ ल्याएको उक्त पत्रिकाले उल्लेख गरेको छ । 

    उक्त मूल्यांकनमा भारतको केन्द्रीय बैंक (आरबीआई) का गभर्नरलाई सर्वोत्कृष्ट सूचीको पहिलो नम्बरमा राखिएको छ । आरबीआईका शक्तिकान्त दास सहित स्वीजरल्याण्डका थोमस जे। जोर्डन र भिएतनामका गुएन थी हंगले ‘ए प्लस’ ग्रेड पाएका हुन् । 

    ८ वटा देशका केन्द्रीय बैंकका गभर्नरले ए ग्रेड पाएका छन् । ब्राजिल, इजरायल, मोरिसस, न्यू जिल्याण्ड, पाराग्वे, पेरु, ताइवान र उरुग्वेका केन्द्रीय बैंकका गभर्नरले ए ग्रेड पाएका हुन् । 

    त्यस्तै, १० देशका केन्द्रीय बैंकका गभर्नरले ए माइनस (ए–) रेटिङ पाएको छ । कोलम्बिया, डोमिनिकन गणतन्त्र, आइसल्याण्ड, इन्डोनेसिया, मेक्सिको, मोरक्को, नरवे, दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलङ्काका गभर्नरले ए– पाएका हुन् । 

    ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।

    Asia Pacific.jpg

    Europe.jpg

    America.jpg

    Africa Middle East.jpg

     


    images
    images

    Logo