काठमाडौं । असोज २५ देखि दशैंलाई नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं सुरु हुनुभन्दा तीन दिन अघिबाट नयाँ नोट साट्ने सर्वसाधारणलाई दिने तयारी गरेको हो ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँको १÷१ गड्डी गरि १८ हजार ५०० रुपैयाँ बराबरको मात्र सटही गर्न पाइनेछ ।