काठमाडौं । भारतीय आयकर टोलीले विनोद चौधरीको कम्पनी ‘सीजी कर्प ग्लोबल’ मा छापा हानेको छ । राजस्व छली गरिएको आशंकामा गुवाहाटीस्थित आयकर विभागले चौधरीको कम्पनीमा छापा मारेको हो ।
स्थानीय आयकर अधिकारीहरुको सहयोगमा सीजी कर्प ग्लोबलको भारतको जयपुर कार्यालय, दौसा र सिकरलगायतका ५ स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको छ । आयकर विभागको टोलीले चौधरीको कम्पनीमा छापा मारेर कागजात समेत जफत गरेको छ ।
स्थानीय टेलिभिजन ‘सच बेधड़क’ले सीजी कर्पको कार्यालयमा छापा हानेको भिडियो फूटेज समेत सार्वजनिक गरेको छ । उसले विनोद चौधरीलाई ‘राजस्थानी मूलका’ एक मात्र नेपाली अर्बपति भनेको छ ।
ठूलो मात्रामा राजस्व छलीको आशंकामा विशेष टोली बनाएर छापा हानिएको स्थानीय आयकर अधिकारीहरूले जनाएका छन् ।
आयकर विभागको टोलीले मंगलवार बिहानैदेखि अनुसन्धान गरिरहेको छ ।



