images
images

४ महिनादेखि सम्पर्कविहीन २ डाक्टरलाई हाजिर हुन गृहको निर्देशन


  • 447
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    ४ महिनादेखि सम्पर्कविहीन २ डाक्टरलाई हाजिर हुन गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले चार महिनादेखि सम्पर्कविहीन दुई जना डाक्टरलाई हाजिर हुन निर्देशन दिएको छ । बुधवार गृहले सूचना प्रकाशित गरी डा. केशव श्रेष्ठ र डा.बालकृष्ण ज्ञवालीलाई एक साताभित्र हाजिर हुन निर्देशन दिएको हो ।

    सूचना अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. केशव श्रेष्ठ गत जेठ २९ गतेदेखि र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. बालकृष्ण ज्ञवाली जेठ १६ गतेदेखि सम्पर्कविहीन रहको गृह मन्त्रालयले जनाएको छ।

    आफूखुशी गैरहाजीर रहेका र खोजतलास गर्दा गराउँदासमेत कार्यालयको सम्पर्कमा नआएको मन्त्रालयले जानकारी दिएको छ।

    तसर्थ, सूचना प्राप्त भएबाट बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैर हाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरण सहित यस कार्यालयमा हाजिर हुन आउनु गृह मन्त्रालयले निर्देशन दिएको छ।

    अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को खण्ड (च) को कसूरमा ऐ. नियमावलीको नियम १०९ को खण्ड (ख) (१) बमोजिम कारबाही गर्ने चेतावनी गृहले दिएको छ।

     


    images
    images

    Logo