images
images

४१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ११ व्यापारीलाई नगद जरिवाना


  • 371
    SHARES
  • २०८० आश्विन १० गते बुधबार

    ४१ फर्ममाथि वाणिज्य विभागको अनुगमन, ११ व्यापारीलाई नगद जरिवाना

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले मंगलबार ४१ फर्ममाथि अनुगमन गरेको छ । मंगलबार बजार अनुगमनको क्रममा विभागले किराना पसल, भाँडाकुडा, ग्यास स्टोर, हार्डवयर, मिठाइ, अन्य, माछा मासु र खाद्य वस्तु पसललाई कारबाही गरेको हो ।

    जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ११ वटा पसलेलाई नगद जरिवाना गरिएको छ । विभागले २ वटा टोखामा रहेको खाद्य वस्तु पसल र लगनखेलमा रहेको किराना पसललाई ५०/५० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    त्यस्तै, विभागले २ पसललाई १० /१० हजार रुपैयाँ जरिवाना गरेको छ १ वटा पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ ।  ५ वटा पसललाई ५/५ हजार रुपैयाँका दरले जरिवाना गरेकोे छ । 

    नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । मुख्य चाडपर्व सुरु भएसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । 

     

     


    images
    images

    Logo