images
images

अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा कन्सल्टेन्सीको सञ्चालक पक्राउ


  • 700
    SHARES
  • २०८० आश्विन ९ गते मंगलबार

    अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा कन्सल्टेन्सीको सञ्चालक पक्राउ

    काठमाडौं । शंखमुलस्थित फ्लाइङ ट्याप एजुकेशन एन्ड इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक विष्णु केसी पक्राउ परेका छन् । अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ परेको हो । ४५ वर्षीय केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    उनले मासिक २ लाख आम्दानी हुने भन्दै १७ लाख ७९ हजार रुपैयाँ लिएर ठगी गरेको प्रहरीको भनाइ छ । अर्घाखाँचीको भुमिकासथन नगरपालिका–८ घर भएका केसीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


    images
    images

    Logo