images
images

नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै


  • 1.2K
    SHARES
  • २०८० आश्विन ९ गते मंगलबार

    नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

    काठमाडौं । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यस्तो बताएका हुन् ।

    उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताएका छन् । उनले कम्तिमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधरणको लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको बताए ।

    उनले सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने बताए । उनले व्यवसायीहरुलाई स्टेकहोल्डर बनाउने र सर्वसाधरणलाई आईपीओ दिने तयारी रहेको बताए ।

    उनले सरकारले व्यवसायीहरुका मागहरु समयसापेक्ष रुपमा सम्बोधन चाँडै गर्ने बताए । उनले  मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने हिसावले नेपाल आयल निगमले २०८० साल असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू गरेको बताए । उनले जनता,व्यवसायी र अन्य सबै क्षेत्रले स्वीकार गरेर अर्थतन्त्रमा टेवा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । उनले आयल निगमस्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भएपनि नाफामा रहने बताए ।

     


    images
    images

    Logo