काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले सोमबार ३४ फर्ममाथि अनुगमन गरेको छ । सोमबार बजार अनुगमनको क्रममा विभागले हार्डवयर, इलेक्ट्रोनिक, माछा मासु, पानी र अन्य पसललाई कारबाही गरेको हो ।
जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा ५ वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।
विभागले टोखामा रहेको पानी पसललाई २ लाख रुपैयाँ जरिवाना गरेको छ भने चावहिलमा रहेको हार्डवयर पसललाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, अन्य तीन पसललाई ५/५ हजारका दरले जरिवाना गरेको छ । विभागले बुढानिलकण्ठमा रहेको पानी पसलको भने कारोबार रोक्का गरि सो पसललाई सिल गरेर उद्योगमा रहेको सम्पूर्ण सामानहरु उद्योगी जितेन्द्र प्रसाद सिंह कै जिम्मा लगाईएको छ ।
नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । मुख्य चाडपर्व सुरु भएसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ ।



