काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ रुपैयाँमा कारोबार भएको सुनको मूल्य ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।