काठमाडौं । चालु आर्थिक बर्षको साउन महिनामा बाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड रुपैयाँ बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन महिनासम्मको मासिक विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुले कुल ८ अर्ब ५२ करोड २४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यो अवधिमा नाफाका आधारमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक र कुमारी बैंक क्रमश : अगाडी छन् । जसमा ग्लोबल आईएमईले सवैभन्दा धेरै नाफा कमाएको छ । ग्लोबल आईएमई बैंकले ९९ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । नविल बैंकले पनि साउनसम्ममा ७५ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले पनि ६३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको छ । कुमारी बैंकले गत साउनमा ५७ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियलले ४२ करोड ४८ लाख, लक्ष्मी सनराइजले ४१ करोड ५४ लाख, एनएमबिले ३८ करोड ३१ लाख, एभरेष्टले ३६ करोड ७६ लाख, नेपाल बैंकले ३६ करोड ४ लाख र कृषि विकास बैंकले ३३ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
यस्तै, समीक्षा अवधिमा प्रभु बैंकले २९ करोड ९८ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २९ करोड ९६ लाख, स्ट्याण्डर्ड चार्टर्डले २६ करोड ७८ लाख, सानिमाले २५ करोड १९ लाख रुपैयाँ, सिटिजनले २४ करोड ७६ लाख, माछापुच्छ्रे बैंकले १८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् । त्यस्तै, यस अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा भने नेपाल एसबीआई बैंक रहेको छ । यसले १६ करोड ५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ ।
कुन बैंकले कति कमाए नाफा ?
ग्लोबल आईएमई बैंक – ९९ करोड २३ लाख
नबिल बैंक – ७५ करोड ५५ लाख
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक– ७४ करोड ७९ लाख
हिमालयन बैंक – ६३ करोड १२ लाख
कुमारी बैंक– ५७ करोड ७१ लाख
राष्ट्रिय वाणिज्य बैंक– ४४ करोड ७० लाख
प्राइम कमर्सियल बैंक– ४२ करोड ४८ लाख
लक्ष्मी सनराइज बैंक – ४१ करोड ५४ लाख
एनएमबि बैंक– ३८ करोड ३१ लाख
एभरेष्ट बैंक– ३६ करोड ७६ लाख
नेपाल बैंक– ३६ करोड ४ लाख
कृषि विकास बैंक– ३३ करोड १६ लाख
प्रभु बैंक– २९ करोड ९८ लाख
सिद्धार्थ बैंक– २९ करोड ९६ लाख
स्ट्याण्डर्ड चार्टर्ड बैंक – २६ करोड ७८ लाख
सानिमा बैंक – २५ करोड १९ लाख
सिटिजन बैंक – २४ करोड ७६ लाख
माछापुच्छ्रे बैंक– १८ करोड ८६ लाख
नेपाल एसबीआई बैंक– १६ करोड ५ लाख



