images
images

गभर्नरलाई किन भेट्न गए धितोपत्र बोर्डका अध्यक्ष ?


  • 1.2K
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    गभर्नरलाई किन भेट्न गए धितोपत्र बोर्डका अध्यक्ष ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् । सोमबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा उनीहरुबीच भेटघाट भएको हो । 

    भेटमा पुँजी बजारको समग्र विकास, स्थायित्व र लगानीकर्ताहरुको हित संरक्षणको बारेमा छलफल भएको बताइएको छ । हालैमात्र नेपाल सरकारले ल्याएको नागरिकता विधेयकले गैर आवासीय नेपालीहरुलाई छुट्टै नागरिकताको व्यवस्था गरेको छ । यसले उनीहरुको लगानी पुँजीबजारमा ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ । 

    पुँजीबजारमा आउनसक्ने त्यस्ता लगानीहरुको व्यवस्थापन तथा सिर्जित नाफा फिर्ता लैजाने व्यवस्थाका सम्बन्धमा अन्यौलता कायमै छ । त्यस्तै, हाल शेयर धितो कर्जामा रहेको १२ करोडको सीमालाई बढाउने, संस्थागत लगानीकर्ताका हकमा फरक व्यवस्था गर्ने सम्बन्धमा समेत दुई नियामक निकायका प्रमुखहरुबीच छलफल भएको बताइएको छ । 

    हाल नेपाल धितोपत्र बोर्डले विभिन्न इक्विटी फन्ड, भेन्चर क्यापिटल लगायतलाई लाइसेन्स दिएको छ । ब्रोकरहरुलाई समेत पुँजी तथा प्रविधिका आधारमा विभिन्न वर्गमा विभाजन गरिएको छ । ती संस्थाहरुलाई अघि बढाउन बैंकिङ क्षेत्रले खेल्ने भूमिकाबारे समेत छलफल भएको बताइएको छ । 


    images
    images

    Logo