images
images

उपभोक्ता संरक्षण विभागले गर्यो ७० हजार किलोको चिनी गोदाम सिल


  • 928
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    उपभोक्ता संरक्षण विभागले गर्यो ७० हजार किलोको चिनी गोदाम सिल

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंमा भण्डारण गरिराखेको चिनीको गोदाममा सिल गरेको छ । कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोे भन्दै विभागले ७० हजार किलो चिनीको गोदाममा सिल गरेको हो । 

    चिनीको अस्वाभाविक मूल्यवृद्धि भएको सन्दर्भमा अनुगमन गर्ने क्रममा गएको बिहीवार शङ्कास्पद गोदाममा सिल गरेको विभागले जनाएको छ । काठमाण्डौको कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेड लिङ्कको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएकोले चिनीको गोदाम सिल गरेर गुणस्तर जाँचका लागि नमुना प्रयोगशालामा पठाइएको छ । भाउ बढाएर कालोबजारी गरेको बारेमा पनि अध्ययन गरिरहेको तर प्रमाण नभेटेकोले गुणस्तर मापनको प्रतिवेदन विभागले पर्खिरहेको छ । 

    केही समयदेखि चिनीको भाउ अस्वाभाविक रूपमा बढिरहेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनी अहिले एक सय ३० रुपैयाँभन्दा धेरै पुगेको छ ।


    images
    images

    Logo