images
images

३९ फर्ममाथि वाणिज्य विभागको अनुगमन, १४ व्यापारीलाई नगद जरिवाना


  • 817
    SHARES
  • २०८० आश्विन ८ गते सोमबार

    ३९ फर्ममाथि वाणिज्य विभागको अनुगमन, १४ व्यापारीलाई नगद जरिवाना

    काडमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले आइतबार ३९ फर्ममाथि अनुगमन गरेको छ । आइतबार बजार अनुगमनको क्रममा विभागले खाद्य वस्तु, किराना पसल, हार्डवयर, मदिरा एवम सूर्तिजन्य, कपडा पसल, माछा मासु,  र भाँडाकुडा पसललाई कारबाही गरेको हो ।

    जसमा उनीहरुले खरिद बिजविजक नराख्नेलाई विभागले कारबाही गरेको हो । जसमा १४ वटा पसलेलाई नगद जरिवाना गरिएको छ ।

    विभागले एउटै पसललाई ५० हजार रुपैयाँसम्म जरिवाना गरेको छ । जसमा मुल्य सुची र दर्ता प्रमाणपत्र नराखेको भन्दै बालाजुमा रहेको हार्डवयर पसललाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो । 

    त्यस्तै, देवनगरमा रहेको खाद्य वस्तु र काठमाडौं माछा मासु पसलाई १५/१५ हजार रुपैयाँ जरिवाना गरेको छ भने बाफल खाद्य वस्तु पसललाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । 

    त्यस्तै, विभागले बाँकी रहेका १० वटा पसलललाई ५/५ हजार रुपैयाँ दरले जरिवाना गरेको छ । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ । मुख्य चाडपर्व सुरु भएसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ । 


    images
    images

    Logo