काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । साेमबार छापावाला सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कायम भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ । आइतबार पनि छापावाला सुन सोही रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कायम भएकाे छ भने चाँदी प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।