काठमाडौं । नेपाल सरकारका २ वटा विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । सोमबार विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सुचीकृत भएको हो ।
सो ऋणपत्र क्रमशः ६ वर्षे र ८ वर्षे अवधिका हुन् । विकास ऋणपत्र २०८६ ‘छ’ गत साउन १९ गते निष्काशन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८६ साउन १९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ६.५ प्रतिशत ब्याज पाउनेछन् ।
त्यस्तै विकास ऋणपत्र २०८८ ‘ख’ गत साउन २९ गते निष्काशन भएको थियो । यो ऋणपत्रको भुक्तानी मिति २०८८ साउन २९ गते रहेको छ । यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।