images
images

दुई महिना ढिला गरि पर्यटन बोर्डको २ अर्ब बजेट स्वीकृत


  • 503
    SHARES
  • २०८० आश्विन ७ गते आइतबार

    दुई महिना ढिला गरि पर्यटन बोर्डको २ अर्ब बजेट स्वीकृत

    काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्‍चालक समितिले चालू आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब एक करोड २३ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ ।

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले विदेशमा जनसम्पर्क एजेन्ट राख्न गरेको २० करोड रुपैयाँ बजेट प्रस्ताव भने समितिले अस्वीकृत गरेको छ ।

    विभिन्न विवादबीच बोर्ड सञ्चालक समितिले दुई महिना ढिला गरी बजेट स्वीकृत गरेको हो । स्वीकृत बजेट पर्यटन प्रवर्द्धनमा केन्द्रित रहेको बोर्डका अधिकारीहरूले दाबी गरेका छन्‌ ।

    बोर्डले स्वीकृत बजेटबाट विभिन्न पर्यटन पूर्वाधार निर्माण, मेला–महोत्सव, पर्यटन प्रवर्द्धन गतिविधि लगायतका योजना अघि बढाउने जनाएको छ ।


    images
    images

    Logo